
प्यूठान, मंसिर २९ । प्यूठानको बांगेसालमा बुधबार भएको यात्रीबहाक बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
दाङको भालुवाङबाट प्यूठान आउँदै गरेको बस ना३ख ७०३३ नम्बरको बस बुधबार दिउँसो बांगेसाल–६ दर्भानमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सहचालक स्थानीय सन्तबहादुर राना छन् ।
बस सडकछेउमा पल्टिएर भएको दुर्घटनामा परी अर्का एकजना घाइते भएका छन् । घाइतेको भालुवाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनालाई लिएर मृतकका आफन्तहरुले सडक अवरुद्ध पारेर प्रदर्शन गरेपछि अरु सवारी–साधन आवतजावतमा केहीबेर समस्या भएको थियो ।
प्रतिक्रिया दिनुहोस्