१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


विश्व हक्की फोरममा भाग लिन नेपाली टोली रुसतिर


0
Shares

काठमाडौं, मंसिर २९ । नेपाल आइस हक्की संघको एक टोली रुस गएको छ ।

रुसमा बिहीबारदेखि हुने तीनदिने विश्व हक्की फोरममा सहभागिता जनाउन संघका अध्यक्ष लोकबहादुर शाहीको नेतृत्वमा चारजनाको टोली रुस गएको हो ।

रुस जाने टोलीमा विमानस्थल निर्माण विज्ञ एवं संघका उपाध्यक्ष इन्जिनियर अशोक श्रेष्ठ तथा संघका सल्लाहकारहरु टानका सीइओ हरि शर्मा र टानका प्रथम उपाध्यक्ष रामप्रसाद सापकोटा रहेका छन् ।

चार सय बढी रुसी र अन्तर्राष्ट्रिय डेलिगेट्सबीच हक्कीकाबारेमा तीन दिनसम्म विज्ञहरुले प्रशिक्षण दिनुका साथै दुईओटा विशेष खेलसमेत हुनेछन् ।

संघका अध्यक्ष शाहीले यो फोरममा सहभागिता जनाएसँगै हक्कीबारे सम्पूर्ण ज्ञान हासिल हुने विश्वास व्यक्त गरेका छन् ।

नेपालमा आइस रिंक बनाउन रुसको विशेष सहयोग मिल्ने विश्वाससमेत गरिएको छ ।

रुस गएको टोलीलाई संघका महासचिव गणेश रिमालले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर बिदाइ गरेका थिए ।