२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


काठमाडौं नयाँ बसपार्कमा डोजर चल्यो, चार सय घरटहरा भत्काइयो(भिडियो हेर्नुहोस)


0
Shares

काठमाडौं, मंसिर ३० । काठमाडौं महानगरपालिकाले गोंगबुस्थित नयाँ बसपार्क क्षेत्रभित्र अवैधानिक रुपले निर्माण गरिएको घर टहरा भत्काएको छ ।

बसपार्क अव्यवस्थित भएको भन्दै महानगरपालिकाले डोजर लगाएर करिब चार सय घरटहरा भत्काएको हो ।

बसपार्कभित्रको जग्गा अतिक्रमण गरेर टहरा बनाइएको र पटक–पटक टहरा छाड्नका लागि सूचना जारी गरे पनि स्थानीयले अटेर गरेकाले भत्काइएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

स्थानीय बासिन्दाले भने महानगरपालिकाले खबर नगरी टहरा भत्काएको भन्दै विरोध गरेका छन् ।

उनीहरुले सर्वसाधारणले जीविकोपार्जन गर्न खोलिएका साना चिया पसल, किनारा पसल भत्काएर सरकारले अन्याय गरेको आरोप लगाएका छन् ।

भत्काइएका घर टहराको क्षतिपूर्ति दिनुपर्ने र वैकल्पिक स्थानको व्यवस्था गरिदिनुपर्ने माग उनीहरुले गरेका छन् ।