
फाइल तस्बिर
वीरगन्ज, मंसिर ३० । पर्साको निर्मलबस्तीमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
बुधबार राति पर्सा वन्यजन्तु आरक्षबाट आएको हात्तीले आक्रमण गर्दा निर्मलबस्ती गाविस–४ सिकारीवास टोलका ४५ वर्षिय रोघाई चौधरीको मृत्यु भएको हो ।
तोरीबारीमा बाली जोगाउन राती पहरा बसेको बेला जंगलबाट आएको हात्तीले आक्रमण गरेको हो ।
प्रतिक्रिया दिनुहोस्