२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


धादिङमा बस दुर्घटना, १९ यात्री घाइते, सात गम्भीर


0
Shares

नवराज छतकुली (इमेज)
धादिङ, मंसिर ३० । पृथ्वी राजमार्गअन्तर्गत् धादिङको बैरेनी गाउँ विकास समितिको मासटारमा विहीबार यात्रीबहाक बस दुर्घटना हुँदा १९ यात्री घाइते भएका छन् ।

लम्जुङको कुन्छाबाट काठमाडौंतर्फ जाँदै गरेको ना५ख १५५९ नम्बरको बस तीव्रगतिका कारण अनियन्त्रित भइ भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएकोे छ ।

घाइतेहरुलाई बैरेनीस्थित स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि काठमाडौं पठाइएको छ ।

घाइतेमध्ये सातजनाको अवस्था गम्भीर रहेको छ भने चालकको अवस्था पनि चिन्ताजनक रहेको जनाइएको छ ।