२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


रोल्पामा आन्दोलनकारी र प्रहरीबीच झडप, एकदर्जन बढी घाइते (११ तस्वीरसहित)


0
Shares

पहलमान घर्ती (इमेज)
रोल्पा, मंसिर ३० । ५ नम्बर प्रदेशका पहाडी जिल्लाहरु टुक्र्याउन लागेको विरोधमा रोल्पा–प्यूठान संयुक्त संघर्ष समितिले आह्वान गरेको चारदिने बन्दको पहिलो दिन विहीबार रोल्पामा आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ ।

जिल्ला बन्दको आह्वान गरी शान्तिपूर्ण र्‍याली गरिरहेका बन्दकर्तालाई प्रहरीले रोक्न खोजेपछि झडप भएको हो ।

नेपाल मगर संघ जिल्ला शाखा रोल्पाले दिउँसो ४ बजेसम्म गर्ने भनेको कार्यक्रम साढे चार बजेसम्म लम्बिएकोमा कोणसभाका लागि स्टेज खाली गराउनुपर्ने अनुरोध गर्दा सशस्त्र प्रहरीले नेपाली कांग्रेस रोल्पाका कोषाध्यक्ष खटकबहादुर खत्रीलाई लाठीप्रहार गरेपछि झडप सुरु भएको थियो ।

झडपमा परी एकदर्जन आन्दोलनकारी र प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीसहित तीनजना प्रहरी घाइते भएका छन् ।

झडपलाई नियन्त्रण गर्न प्रहरीले ९ राउन्ड अश्रुग्यास प्रहार गरेको थियो ।

आफूहरुको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले लाठीप्रहार गरी दमन गरेको कांग्रेस रोल्पाका सभापति एवं सांसद अमरसिङ पुनले बताए ।

आन्दोलनका कार्यक्रमअन्तर्गत् शुक्रबारदेखि आगामी पुस ३ गतेसम्म ५ नम्बर प्रदेशका १२ ओटा पहाडी जिल्लाहरु बन्द हुने भएका छन् ।