
काठमाडौं, पुस १ । एसीसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपालले आज भारतसँग प्रतिश्पर्धा गर्नेछ ।
श्रीलंकामा हिजो सुरु भएको प्रतियोगिताको पहिलो खेलमा नेपाल पराजित भएको थियो । हिजो नै भएको अर्को खेलमा भारत भने विजयी भएको थियो ।
टेष्ट मान्यताप्राप्त राष्ट्र भारत यो प्रतियोगिताको उपाधि दावेदार हो । एसोसिएट राष्ट्र भए पनि उमेर समुहका हरेक प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएको नेपालले आजको खेलमा भारतलाई स्तब्ध बनाउने प्रयास गर्नेछ ।
आठ टोली सहभागी प्रतियोगिताको समुहबाट माथिल्लो चरणमा प्रवेश गर्ने सम्भावना जीवित राख्न नेपालले आजको खेलमा भारतलाई पराजित गर्नुपर्ने हुन्छ ।
प्रतिक्रिया दिनुहोस्