२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


मानवअधिकारप्रति सरकार गम्भीर हुन नसकेको गुनासो


0
Shares

काठमाडौं, पुस १ । मानवअधिकारप्रति नेपाल सरकार गम्भीर नभएको आरोप सरोकारवालाहरुले लगाएका छन् ।

मानव अधिकारप्रति राज्यको दायित्व र कार्यान्वयनको अवस्था विषयक शुक्रबार राजधानीमा भएको कार्यक्रममा सरोकारवालाहरुले मानव अधिकारको संरक्षणमा राज्य र राजनीतिक दल उदासिन देखिएको आरोप लगाएका हुन् ।

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले नेपालमा मानव अधिकारको संरक्षणका क्षेत्रमा केही काम भए पनि सन्तोषजनक हुन नसकेको बताए ।

उनले मानव अधिकार हनन्का विभिन्न स्वरुपका घटना बढ्दै गएको भन्दै मानव अधिकार संरक्षणमा आयोग प्रयासरत रहेको जानकारी दिए ।

कार्यक्रममा सहभागी राजनीतिक दलका नेताहरुले भने मानव अधिकारको संरक्षणमा प्रतिबद्धता जनाएका छन् । नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडुले समाजमा बढ्दै गएका मानवअधिकार उल्लंघनका घटनालाई निरुत्साहित गर्न आवश्यक रहेको बताए ।

नेकपा एमालेका महासचिव ईश्वर पोखरेल, नेकपा माओवादी केन्द्रका नेता शक्ति बस्नेतलगायतले मानव अधिकारको रक्षाका लागि आफ्नो पार्टी प्रतिबद्ध रहेको बताए ।