
वीरगन्ज, पुस १ । पराराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले भारतसँग जोडिएका सीमा क्षेत्रका मुद्दा समाधान गर्न र सम्झौताहरु दुरुस्त कार्यान्वयन गर्नकानिम्ति औपचारिक पहल थालिएको बताएका छन् ।
शुक्रबार वीरगन्जमा पत्रकारहरुसँग कुरा गर्दै उनले सीमावर्ती मुद्दाहरुलाई एकएक गरी बुँदागतरुपमा भारतीय पक्षसँग छलफल गरी समाधान गर्नुपर्नेे बताए ।
गन्डक तथा महाकाली सम्झौतालाई कार्यान्वयनमा ल्याउन पहल गरिएकोसमेत उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्