२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


तेह्रथुममा भीषण आगोलागी, ३२ घर जलेर नस्ट, ५० बढी परिवार विस्थापित


0
Shares

प्रकाश धौलाकोटी (इमेज)
अपडेट

तेह्रथुम, पुस १ । पूर्वकै पुरानो ऐतिहासिक आठराई क्षेत्रको मुख्य व्यापारिक केन्द्र सक्रान्तिबजारमा शुक्रबार भएको आगोलागीमा ३२ घर जलेर नस्ट भएका छन् ।

आगो नियन्त्रणका लागि तीन घर स्काभेटर प्रयोग गरी भत्काइएको थियो ।

आगोलागीमा परी ५० बढी परिवार विस्थापित भएको इलाका प्रशासन कार्यालयका प्रमुख सफल पोर्तेलले जानकारी दिए ।

शुक्रबार बिहान हटिया चलिरहेकैबेला अचानक स्थानीय अग्नि सेडाइँको घरबाट सल्किएको आगो नियन्त्रणका लागि पानी र दमकल दुबै नहुँदा ठूलो क्षति व्यहोर्नुपरेको जनाइएको छ ।

दिउँसो करिब २ बजे पुगेको फिदिम नगरपालिकाको दमकल, सुरक्षाकर्मी र स्थानीयबासीले झन्डै साढे चार घन्टापछिमात्रै आगो नियन्त्रणमा लिएका थिए ।

आगोलागीबाट होम सिटौला, रत्न गहतराज, रेवती भट्टराईलगायत २८ जनाको घर जलेको छ ।

आगोलागीबाट एउटा आइएमई, एनएमबी माइक्रो फाइनान्स, श्रमकण बचत तथा ऋण सहकारी र सुबिसु इन्टरनेट तथा एउटा ग्यारेज जलेका छन् ।

आगलागी सुरु भएपछि आसपासका पसल र डेरावालहरुलाई आफ्ना सामाग्रीहरुमध्ये महत्वपूर्ण सामानहरुलाई सुरक्षित गर्न प्रहरीले सुचित गरेको थियो ।

अग्नि सेढाइँको घरमा राखिएको ग्यास सिलिन्डर पड्किएर आगोलागी सुरु भएको थियो ।

आगोलागीबाट भएको क्षतिको विवरण संकलन गर्न थालिएको प्रहरीले जनाएको छ ।