
काठमाडौं, पुस १ । वन तथा भूसंरक्षणमन्त्री शंकर भण्डारीले राजनीतिक दलको संरक्षणमा रहेका केही वन तस्करहरुका कारण मुलुकमा वन अतिक्रमण बढेको बताएका छन् ।
हरेक वन तस्करहरुले आफूलाई कुनै न कुनै पार्टीको संरक्षण रहेको देखाउँदा उनीहरुलाई कारबाहीको दायरा ल्याउन कठिन भएको उनको भनाइ छ ।
शुक्रबार काठमाडौंमा ‘अर्थ र व्यापार’ साप्ताहिकको पाँचौ वार्षिकोत्सवमा उनले वन अतिक्रमण रोक्न छिट्टै संसदमा संकल्प प्रस्ताव लैजाने बताए ।
कार्यक्रममा पर्यटन व्यवसायीहरु शंकर अधिकारी, छेडुप तामाङ, सुरेन्द्र भट्टराई, राजन सिंखडालगायतलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्