२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


गुल्मी जिल्ला प्रशासन कार्यालयमा ५ नम्बर प्रदेशको बोर्ड टाँगियो


0
Shares

गुल्मी, पुस ३ । ५ नम्बर प्रदेश विभाजनको विरोधमा गुल्मीमा अनिश्चिकालीन आमहडताल कायमै छ ।

१९ दिनदेखिको बन्दले जनजीवन कस्टकर बनेको छ । सबै सरकारी कार्यालयमा तालाबन्दी गरिएको छ ।

प्रदर्शनकारीले आइतबार जिल्ला प्रशासन कार्यालयमा ५ नम्बर प्रदेशको साइनबोर्ड टाँगेका छन् ।

आन्दोलन र प्रदर्शनले निकास निस्कन नसकेको भन्दै सर्वसाधारणहरुले भने बन्दको विकल्प खोज्न संघर्ष समितिलाई आग्रह गर्न थालेका छन् ।

संयुक्त आन्दोलन परिचालन संघर्ष समितिले सदरमुकाम तम्घासमा दिनहुँ फरक–फरक प्रकृतिका कार्यक्रम गरेर विरोध प्रर्दशन गर्दै आएको छ ।