३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


जितसँगै दोस्रो स्थानमा उक्लियो बार्सिलोना


0
Shares

काठमाडौं, पुस ४ । स्पेनिस लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले ईस्पानियोललाई हराएको छ ।

आफ्नै मैदानमा भएको खेलमा बार्सिलोना ४–१ ले विजयी भयो । खेलमा बार्सिलोनालाई विजयी गराउन लुईस सुवारेजले दुई गोल गरे भने योर्डी अल्बा र लियोनल मेस्सीले एक–एक गोल गरे ।

ला लिगा अन्तर्गतकै अन्य खेलहरुमा डेपोर्टीभो लाकोरुनियाले ओसासुनालाई २–० ले हराउँदा लेगानेज र आईबारले १–१ गोलको बराबरी खेलेका छन् ।

गएरातिका खेलहरुपछि ला लिगाको अंक तालिकामा बार्सिलोना फेरि दोस्रो स्थानमा उक्लिएको छ । १६ खेलबाट उसको ३४ अंक छ । समान खेलबाट ३३ अंक जोडेको सेभिया तेस्रो स्थानमा झरेको छ । एक खेल कम खेलेको रियाल मड्रिड भने ३७ अंकको साथ शीर्ष स्थानमा यथावत छ ।