१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


युवा संघ रुपन्देहीका अध्यक्षमाथि गोली प्रहार, उपचारका क्रममा निधन


0
Shares

रुपन्देहीको देवदह नगरपालिकास्थित खैरनी बजारमा तिवारीमाथि गोली प्रहार भएको थियो । नजिकैको देवदह मेडिकल कलेजमा उपचारका क्रममा उनको निधन भएको हो ।

पछाडिबाट हानिएको गोली अगाडि छातिबाट निस्किएको बताइएको छ । रातो पल्सर मोटरसाइकलमा गएका दुई जनाले तिवारीमाथि गोली हानेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

गोली हान्नेहरुको खोजी भईरहेको र पहिचान हुन नसकेको रुपन्देही प्रहरीका डीएसपी बेलबहादुर पाण्डेले बताएका छन् ।

घटनापछि अज्ञात नम्बरबाट अन्य ब्यक्तिहरुलाई समेत धम्की आएको भन्दै स्थानीय वासिन्दा त्रसित बनेका छन् ।

तिवारी पाँच नम्बर प्रदेश विभाजन विरुद्धको आन्दोलनमा सक्रिय रहँदै आएका थिए ।