टर्कीस्थित रुसी राजदूतको गोली हानी हत्या, हत्या गर्ने युवक पनि मारिए « Image Khabar


टर्कीस्थित रुसी राजदूतको गोली हानी हत्या, हत्या गर्ने युवक पनि मारिए


Imagekhabar
५ पुष २०७३, मंगलवार ०६:४८

गोली हान्नुअघि ती प्रहरीले सिरिया सरकारलाई रुसले गरिरहेको समर्थनको विरोधमा नारा लगाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

घटना लगत्तै प्रहरी कारबाहीमा गोली हान्ने दंगा प्रहरी पनि मारिएका छन् । सिरियामा जारी गृहयुद्धमा रुसले सिरियाली राष्ट्रपतिलाई सहयोग गरेको भन्दै रुस बिरुद्ध टर्कीमा ब्यापक प्रदर्शन भइरहेकै बेला यो घटना भएको हो ।

यसैबीच टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले रुसका राष्ट्रपति भ्लादिमीर पुटिनलाई घटनाको जानकारी गराउँदै घटनाप्रति खेद ब्यक्त गरेका छन् भने पुटिनले दुई देशबीचको सम्बन्धमा टकरावका लागि घटना गराइएको प्रतिक्रिया दिएका छन् । (एजेन्सी)hatyara

प्रतिक्रिया दिनुहोस्