मंगलबार पनि शेयर बजार वियरिस ट्रेन्डमा « Image Khabar


मंगलबार पनि शेयर बजार वियरिस ट्रेन्डमा


Imagekhabar
५ पुष २०७३, मंगलवार १९:४१

यसदिन पनि बजार परिसूचक नेप्से १९ अंक बराबरले झरेर १४ सय ९५ मा आएर थामियो । कारोबार भएका सबैजसो समूह ओरालो लागे ।

बीमा समूहमा सबैभन्दा उच्च १ सय ११ अंकको गिरावट आयो । जलविद्युत् समूह ५२ अंकले झ¥यो । उत्पादनमूलक समूह ३० अंकले ओरालो लाग्यो । होटल, वाणिज्य बैंक र विकास बैंक समूह पनि दोहोरो अंकले ओरालो लागे । अन्य समूह भने नगन्य अंकले सकारात्मक रह्यो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३८ कम्पनीको ७ लाख २३ हजार कित्ता शेयर ६८ करोड ४० लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्