
आईएसले अन्तर्राष्ट्रिय गठबन्धनका सदस्य राष्ट्रका नागरिकमाथि आक्रमण गर्न गरिएको अपीलअन्तर्गत आफ्ना लडाकुले लरी आक्रमण गरेको जनाएको छ ।
क्रिसमस बजारमा जानाजान जथाभावी लरी गुडाउँदा किचिएर १२ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन् ।
यसअघि आक्रमणमा संलग्न रहेको आशंकामा पक्राउ परेका व्यक्तिलाई भने छोडिएको छ । अधिकारीहरुले आक्रमणमा धेरै जनाको संलग्नता रहेको आशंका व्यक्त गरेका छन् ।
लरीका बास्तविक चालक पोलिस नागरिक लुकाच उर्वान यात्रु सिटमा मृत भेटिएका छन् । उनलाई आक्रमणकारीले गोली हानी हत्या गरेको अनुमान गरिएको छ ।
जर्मन चान्सलर एंगेला मर्केलले मारिएकाहरुप्रति श्रद्धाञ्जली दिँदै आक्रमणमा संलग्नलाई कारवाही गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्