१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


स्वदेशी व्यवसायी आक्रोशित


0
Shares

नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघको आयोजनामा बुधबार काठमाडौंको शान्तिबाटिकामा पत्रकार सम्मेलन गरी उनीहरुले स्वदेशी उद्योग, उत्पादन र बजार व्यवस्थापनका लागि सरकारले आफूहरुलाई सहयोग नगरेको भन्दै चरणबद्ध आन्दोलनको घोषणा गरे ।

कच्चापदार्थ संकलन र प्रशोधन गर्ने उद्योगलगायत गुणस्तरीय वस्तुमा उत्पादन दक्षता बृद्धि गर्ने वैज्ञानिक प्रविधि र सीपको अभाव रहेको उनीहरुको भनाइ छ ।

युवा जनशक्ति विदेश पलायन हुनेक्रम बढिरहँदा पनि स्वदेशी उद्योगमैत्री वातावरण बनाउन नसकेको व्यवसायीको भनाइ छ ।

सरकारले भन्दै आइरहेको आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न स्वदेशी उत्पादलाई बढीभन्दा बढी प्राथमिकता दिनुपर्ने माग उनीहरुको छ ।