
बाजुरा, असार २३ । बाजुराको गौमुल गाउँपालिका–३, गर्जेमा काठ चिर्न गएका दुई मजदुरको रुखले च्यापेर मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।
गर्जेरातिमाटामा पानीको ट्यांकीनजिकै पाल टाँसेर बसेका बेला शुक्रबार राति रुख भाँचिएर सो दुर्घटना भएको मृतकका आफन्त तुलाबहादुर रोकयाले बताए ।
मृत्यु हुनेमा सोही वडाका २२ वर्षीय भीमबहादुर बोहरा र २३ वर्षीय धर्मबहादुर बोहरा रहेको आफन्त रोकायालाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।
गम्भीर घाइते खण्टे बोहरालाई उपचारका लागि आफन्तले जिल्ला अस्पताल ल्याउन लागेका छन् ।
घटनाको थप जानकारी लिन जिप्रकाको टोली घटनास्थल पठाइसकिएको प्रनाउ बोहराले बताए । रासस
प्रतिक्रिया दिनुहोस्