२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


सूर्य नेपाल इस्टर्न गल्फ प्रतियोगिताको उपाधि शिवरामले जिते


0
Shares

धरानस्थित निर्वाण कन्ट्री क्लबको ७० ओभर पारको गल्फ कोर्समा भएको फाइनलमा रवि खड्कालाई ७ स्ट्रोकले पछि पार्दै शिवरामले उपाधि हात पारेका हुन् ।

चार अन्डर पार २ सय ६ स्कोर कार्ड बनाएका शिवरामले उपाधिसँगै एक लाख १० हजार रुपैयाँ जिते ।

त्यस्तै, ३ ओभर पार २ सय १३ को स्कोरका दोस्रो भएका रविले ७० हजार तथा ६ ओभर पार २ सय १६ को स्कोरका साथ तेस्रो भएका सञ्जय लामाले ५० हजार रुपैयाँ जिते ।

विजेता खेलाडीहरुलाई सूर्य नेपालका सहायक ब्रान्ड म्यानेजर सौरभ भट्टराई र नेपाल प्रोफेर गल्फर एसोसियसनका सदस्य एमबी लिम्बूले पुरस्कार वितरण गरेका थिए ।