
काठमाडौं, असार ६ । श्रमको सम्मान र सेवाभावको आग्रह गर्दै हास्यकलाकार श्रीकृष्ण सिम्खडाले सर्वसाधारणका जुत्ता पालिस गरेका छन् ।
शनिबार काठमाडौंको सुन्धाराको सडकमा बसेर उनले सर्वसाधारणको जुत्ता पालिस गरेका हुन् ।
कुनैपनि काम सानो–ठूलो नहुने भन्दै सिम्खडाले समाजले श्रम गर्ने व्यक्तिलाई सम्मान गर्न कन्जुस्याईं गरिरहेको बताए ।
यसअघि, उनले विभिन्न शैक्षिक संस्थाहरुको शौचालयसमेत सफा गर्ने अभियान चलाएका थिए ।
प्रतिक्रिया दिनुहोस्