
आफ्नै घरमा प्रवेश गरेका एक जना हतियारधारीको आक्रमणबाट घाईते भएकी कितोभाको बुधबार हातको शल्यक्रिया गरिएको छ ।
उनले टेनिस खेल्ने देब्रे हातको मांशपेशी र नशाको शल्यक्रिया गरिएको हो । उपचार पुरा भएपछि कितोभा टेनिस कोर्टमा फर्किन कम्तिमा ६ महिना लाग्ने बताइएको छ ।
कितोभाले टेनिस ¥याकेट समात्न नै ३ महिनाको समय लाग्ने उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
दुई पटककी विम्बल्डन च्याम्पियन कितोभामाथि कसले र किन आक्रमण गर्यो भन्ने विषयमा चेक प्रहरीले छानविन गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्