दुर्घटनाग्रस्त विमानका सबै यात्रुको मृत्यु, विमानको केही हिस्सा समुद्रमा फेला « Image Khabar


दुर्घटनाग्रस्त विमानका सबै यात्रुको मृत्यु, विमानको केही हिस्सा समुद्रमा फेला


Imagekhabar
१० पुष २०७३, आईतवार १७:२५

उक्त विमान सिरियातर्फ गइरहेको थियो । दुर्घटनाग्रस्त विमानको केही टुक्रा समुद्री तटबाट डेढ किलोमिटर टाढा फेला परेको जनाइएको छ ।

रुसी सैन्य जहाज, हेलिकोप्टर तथा ड्रोनका माध्यमबाट विमानको बाँकी हिस्सा खोज्ने काम भइरहेको अधिकारीहरुको भनाइ छ ।

रुसी सेनाको सो विमान सोचीस्थित एडलर विमानस्थलबाट उडान भरेको केही मिनेटमै दुर्घटना भएको थियो ।

यसैबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सो विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै सोमबार राष्ट्रिय शोक मनाउने घोषणा गरेको एएफपी समाचार एजेन्सीले जनाएको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्