३० बैशाख २०८२, मंगलबार | Wed May 14 2025


नवयुगको निर्णायक गोलसँगै आर्मीको जित, एपिएफ र सुदुरपश्चिम बराबरी


0
Shares

एन्फा टेक्निकल सेन्टर, धरानमा भएको समूह ‘ख’ पहिलो खेलमा एपिएफ र सुदूरपश्चिमाञ्चले गोल गर्न सकेनन् भने अर्को खेलमा आर्मीले मध्यपश्चिमाञ्चललाई १–० गोलअन्तरले पराजित गरेको छ ।

बराबरीपछि एपिएफ र सुदूरपश्चिमाञ्चलले एक–एक अंक बाँडे भने आर्मीले महत्वपूर्ण ३ अंक जोड्यो । आर्मीको जितमा नवयुग श्रेष्ठ नायक बने ।

उनले पहिलो हाफको ६ मिनेटमा गोल गरेका थिए ।

मध्यपश्चिमाञ्चलका खेलाडीले प्रहार गरेको बल नियन्त्रणमा लिएर करिब २० यार्डबाट नवयुगले गरेको प्रहार सिधै गोलमा परिणत भएको थियो ।

दोस्रो हाफको १९ औं मिनेटमा कृष्ण रानाभाटले रातो कार्ड पाएर मैदान छाड्नु परेपछि मध्यपश्चिमाञ्चल १० खेलाडीमा सीमित भएको थियो । आइतबारको नजितापछि दुवै खेलमा जित पाएको आर्मी ६ अंकको साथ समूहको शीर्ष स्थानमा छ ।

एक खेलमा जित र एकमा बराबरी नतिजा निकालेको एपिएफले ४ अंक जोडेको छ भने एक खेलमा हार र एकमा बराबरी नतिजा निकालेको सुदूरपश्चिमाञ्चलको मात्र एक अंक छ । दुवै खेल हारेको मध्यपश्चिमाञ्चल अंकविहीन छ ।

सोमबार समूह क अन्र्तगत लिग चरणको अन्तिम खेल हुनेछ । पहिलो खेल नेपाल पुलिस क्लब र मध्यामाञ्चलबीच हुनेछ भने दोस्रो खेल पश्चिमाञ्चल र पुर्वाञ्चलबीच हुनेछ ।