३० बैशाख २०८२, मंगलबार | Wed May 14 2025


साफ महिला फुटबलमा आज नेपालले भुटानको सामना गर्ने


0
Shares

प्रतियोगिताको पहिलो खेलमा नेपालले भुटानको सामना गर्नेछ । यसअघिका तीन संस्करणको फाईनलमा भारतसँग पराजित हुँदै उपविजेतामा सिमित नेपाल यसपटक पनि उपाधि जित्ने लक्ष्यका साथ भारत पुगेको छ ।

नेपालका प्रशिक्षक कुमार थापाले यसपटक नेपाली टोली पहिलेभन्दा पनि उच्च तयारी र मनोबलका साथ प्रतियोगिता खेल्न लागेकोले उपाधि जितेरै देश फर्कीने बताएका छन् ।

प्रतियोगिताकै तयारी स्वरुप काठमाडौंमा खेलिएको मैत्रिपुर्ण अभ्यास खेलमा नेपालले मलेसियालाई १÷० ले हराएको थियो ।

फिफा वरियतामा आफुभन्दा माथि रहेको मलेसियालाई हराएको नेपाली महिला फुटबलरहरु निकै हौसिएका छन् ।

नेपालले प्रतियोगिताको समुह चरणमा भुटानसँगै माल्दिभ्स र श्रीलंकासँग खेल्नेछ । अर्को समुहमा भारत अप्mगानिस्तान र बंगलादेश रहेका छन् ।

पाकिस्तानले भने प्रतियोगितामा भाग लिएको छैन । सन् २०१० बाट सुरु भएको साफ महिला च्याम्पियनसिपमा यसअघिका तीन वटै संस्करणको फाइनलमा नेपाललाई भारतले हराएको थियो ।