Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


विवादका कारण फुल कन्ट्राक्ट कराते प्रतियोगिता स्थगित


0
Shares

६० केजी तौल समुहमा नेपाली सेनाका बद्री थापामगर र मध्यमाञ्चल विकास क्षेत्रका सन्तोषकुमार लामाबीचको खेलमा एम्पाइरले गलत निर्णय गरेको भन्दै नेपाली सेनाले आपत्ति जनाएपछि फूल कन्ट्राक्ट कराते प्रतियोगिता स्थगित भएको हो ।

प्रतियोगिता नै स्थगित भएपछि खेलाडीहरु अलपत्र परेका छन् । खेलाडीहरुले निर्णय गर्न नसक्ने एम्पायरलाई कारवाही गरी तत्काल खेल सुचारु गर्न आग्रह गरेका छन् ।

आइतबार भएको नेपाली सेना र मध्यमाञ्चलबीच भएको खेलामा सहायक एम्पायरले फल्ड देखाएको तर, मुख्य एम्पायर रोशन कपालीले मध्यमाञ्चलका खेलाडिको जित घोषणा गरेपछि सेनाले आपत्ति जनाएर प्रतियोगिता बहिष्कार गर्ने चेतावनी दिएपछी आयोजकलाई प्रतियोगिता सञ्चालन गर्न समस्या भएको प्रतियोगिताका स्थानीय व्यबस्थापक सुवास राईले बताए । ।