खो–खो खेल सम्पन्न, सेनाले जित्यो स्वर्ण « Image Khabar


खो–खो खेल सम्पन्न, सेनाले जित्यो स्वर्ण


Imagekhabar
११ पुष २०७३, सोमबार १४:२७

सदरमुकाम इनरुवामा रहेको खेल मैदानमा सोमबार सम्पन्न भएको खो–खो खेलमा सेनाले महिला तथा पुरुष दुबै प्रतिस्पर्धामा प्रथम हुँदै स्वर्णपदक हात पारेको हो ।

पुरुषतर्फको फाइनलमा नेपाली सेनाले मध्यमाञ्चललाई पराजित गरेको हो ।

सेनाले एकपालि बाँकी छँदै मध्यमाञ्चललाई ६ काविरुद्ध १० को स्कोरमा पराजित गरी स्वर्ण जितेको हो ।

मध्यमाञ्चलले रजतमा चित्त बुझाउँदा कास्यपदक भने सुदूरपश्चिमाञ्चलले हात पारेको छ ।

त्यसैगरी, सोमबारै सम्पन्न महिलातर्फको खो–खो खेलको फाइनलमा आर्मीसँग पराजित हुँदै मध्यपश्चिमाञ्चलले रजतपदक प्राप्त गरेको छ ।

महिला खो–खोको कास्यपदक भने सुदूरपश्चिमाञ्चलले जितेको छ । रासस

प्रतिक्रिया दिनुहोस्