३० बैशाख २०८२, मंगलबार | Wed May 14 2025


भुटानको पोस्टमा नेपालको ८ गोल, सावित्राले एक्लैले गरिन् ५ गोल


0
Shares

नेपालले कमजोर भुटानमाथि ८–० को फराकिलो जित हासिल गरेको हो ।

नेपाललाई जिताउनेक्रममा सावित्रा भण्डारी एक्लैले *५ गोल गरिन् । त्यसैगरी, शर्मिला थापाले २ र कृष्णा खत्रीले एक गोल थपे ।

यसअघिका तीन संस्करणको फाइनलमा भारतसँग पराजित हुँदै उपविजेतामा सीमित भएको नेपालले योपटक लामो समयदेखि नियमित प्रशिक्षण गरिरहेकाले उपाधि नै जित्ने सम्भावना बढेको छ ।

तर, घरेलु मैदानमा तीनपटकको च्याम्पियन भारतलाई हराउन भने नेपालले अहिलेदेखि नै गतिलो रणनीति बनाउनु पर्नेछ ।

प्रतियोगिताको तयारीस्वरुप काठमाडौंमा गत साता खेलिएको मैत्रीपूर्ण अभ्यास खेलमा नेपालले मलेसियालाई १–० ले हराएसँगै थप हौसिएको थियो ।

नेपालले प्रतियोगिताको समूह चरणमा भुटानसहित माल्दिभ्स र श्रीलंकासँग खेल्नेछ ।

अर्को समूहमा भारत, अफ्गानिस्तान र बंगलादेश रहेका छन् । पाकिस्तानले भने प्रतियोगितामा भाग लिएको छैन ।

*सच्याइएको । यसअघि सावित्रा भण्डारी एक्लैले ६ गोल गरिन् भनेर समाचार सम्प्रेषित भएकोमा नेपाली टिमका प्रशिक्षक कुमार थापाले सावित्रा एक्लैले ५ गोल गरेको र यसअघि शर्मिला थापाले एक गोल गरेको भनिएकोमा उनले २ गोल गरेको जानकारी दिएकाले सोहीअनुसार सच्याइएको छ–सम्पादक ।