२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


‘ब्ल्याक सी’मा विमान दुर्घटना परेकाहरुको शव खोजी हुँदै, ११ वटा फेला


0
Shares

विमान दुर्घटनामा ९२ जनाको मृत्यु भएको थियो । सिरियाको तटीय शहर सोची नजिकको समुद्र खोजी केन्द्रीत गरिएको छ । त्यसका लागि तीन हजारभन्दा बढी सहभागी छन् ।

यसमा १ सय ९ गोताखोर र केही हेलिकोप्टरसमेत परिचालन गरिएको छ । अहिलेसम्म ११ वटा शव फेला परेको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।

यसैबीच रुसका यातायात मन्त्री म्याक्सिम सोकोलोफले आइतबार भएको सैन्य विमान दुर्घटना हुनुको कारण चालकको गल्ती या प्राविधिक गडबडी हुनसक्ने बताएका छन् ।

दुर्घटनाग्रस्त विमानको केही अवशेष सोची तटबाट डेढ किलोमिटर टाढा ब्ल्याक सीको १ सय ६५ देखि २ सय ३० फिटको गहिराइमा फेला परेको थियो । (एजेन्सी)