३० बैशाख २०८२, मंगलबार | Wed May 14 2025


एथ्लेटिक्समा आर्मीलाई थप ५ स्वर्ण, १० हजार मिटर दौडको स्वर्ण गोपीचन्द्रले जिते


0
Shares

सुनसरीको इटहरी रंगशालामा मंगलबार बिहान भएको पुरुष ४०० मिटर हर्डल्स रेसमा आर्मीका रामप्रसाद थारुले स्वर्णपदक जितेका छन् ।

यो स्पर्धामा आर्मीकै विशेष महतोले रजतपदक जित्दा मध्यपश्चिमका रमजान अलसल्मानीले कास्यपदक जितेका छन् ।

यसैगरी, मंगलबारै भएको पुरुष १० हजार मिटर दौडमा सशस्त्र प्रहरीका गोपीचन्द्र पार्कीले स्वर्णपदक जितेका छन् ।

आर्मीका कृष्ण बस्नेतले रजतपदक जित्दा आर्मीकै हरिकुमार रिमालले कास्यपदक हात पारेका छन् ।

पुरुष ४०० मिटर दौडतर्फ आर्मीका खेमबहादुर कुमालले स्वर्णपदक जितेका छन् । यो स्पर्धामा आर्मीकै हिमाल केसीले रजत तथा सशस्त्र प्रहरीका शिवराम पार्कीले कास्यपदक जितेका छन् ।

यसैगरी, महिला ४०० मिटर दौडमा आर्मीकी संगीता मेचेले स्वर्णपदक जितिन् भने आर्मीकै कृष्णा चौधरीले रजत तथा सशस्त्र प्रहरीकी भगरिथीकुमारी थारुले कास्यपदक जितेकी छन् ।

यसैगरी, पुरुष ४ गुणा सय मिटर रिलेदौडमा आर्मी क्लबले स्वर्णपदक जितेको छ । यो स्पर्धाको महिलातर्फ पनि आर्मीले नै स्वर्णपदक जितेको छ ।

यसैगरी, महिला १० हजार मिटर दौडतर्फ सशस्त्र प्रहरीकी कान्छीमाया कोजुले स्वर्णपदक जितिन् ।

यसैगरी, आर्मीकी विश्वरुपा बुढाले रजतपदक जित्दा आर्मीकै लक्ष्मी पाण्डेले कास्यपदक हात पारेकी छन् ।