
यसदिन पनि उतार–चढावबीच बजार परिसूचक नेप्से २५ अंकले झरेर १४ सय ७ मा आएर थामियो ।
कारोबार भएका सबै समूह ओरालो लागे । बीमा समूह सबैभन्दा उच्च १ सय ९१ अंकले झर्यो । जलविद्युत् समूहमा ३० अंक र वाणिज्य बैंक समूहमा पनि २४ अंकको गिरावट आयो । विकास बैंक, होटल र वित्त समूह पनि दोहोरो अंकले ओर्लिए ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३० कम्पनीको १० लाख बराबर कित्ता सेयर ६० करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्