नेपाली फुटबललाई सुवर्ण अवसरः एसिया कप छनोट खेल्न पाउने

फाइल फोटो
छनोट चरण खेल्ने अवसर पाएको ग्वामले नाम फिर्ता लिएपछि नेपालले उक्त अवसर पाएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार जनाएको छ ।
मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कप फुटबलको उपाधि जितेर विश्वको ध्यान खिच्न सफल नेपालले ग्वामको ठाउँमा खेल्ने अवसर पाएको हो ।
२४ टिमलाई ६ समूहमा विभाजन गरी खेलाइने छनोट चरणमा समूहका शीर्ष दुई टिम एसिया कपको मुख्य स्पर्धामा छानिनेछन् ।
छनोट चरणको समूह ‘ड्र’ आगामी जनवरी २३ तारिखमा हुने जनाइएको छ । आगामी एसिया कप सन् २०१९ मा युएईमा हुँदैछ ।