महिला क्रिकेटः चौका विवादले सशस्त्रले खेल छाड्यो, पूर्वाञ्चलले यसरी बाजी मार्‍यो « Image Khabar


महिला क्रिकेटः चौका विवादले सशस्त्रले खेल छाड्यो, पूर्वाञ्चलले यसरी बाजी मार्‍यो


Imagekhabar
१२ पुष २०७३, मंगलवार १९:३३

मंगलबार सुनसरीमा भएको फाइनलमा सशस्त्र प्रहरीले अन्तिममा खेल छाडेपछि पूर्वाञ्चलले बाजी मारेको हो ।

६४ रनको चुनौती लिएर मैदानमा उत्रिएको सशस्त्रले ७ बलमा ५ रन बनाउनुपर्ने अवस्था रहेकाबेलामा चौकाको विषयमा विवाद भएपछि सशस्त्रले ‘वाकआउट’ हुँदै मैदान छाड्दा पूर्वाञ्चलले स्वर्णपदक जितेको हो ।

चौका भए/नभएको विवाद आएपछि सशस्त्रले चौका पाउनुपर्ने माग गरे पनि ‘अन फिल्ड’ अम्पायरले नियमानुसार ‘फिल्डर’लाई सोध्दा चौका नभएको बताएपछि अम्पायरले पूर्वाञ्चलको पक्षमा निर्णय गरेका थिए ।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको पूर्वाञ्चलले १८ ओभर ४ बल क्रिजमा टिकेर ६३ रन जोडेको थियो ।

जवाफमा साविक विजेता सशस्त्रले ८ विकेट गुमाइसकेको अवस्थामा विवाद भएपछि खेल त्यागेको हो ।

पटक–पटक सशस्त्रलाई मैदानमा आउन समय दिएपनि नआएपछि पूर्वाञ्चलले स्वर्ण तथा सशस्त्रले रजतमा चित्त बुझाएको हो ।

 

प्रतिक्रिया दिनुहोस्