२ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025


चोर पक्रिन हेलिकोप्टर चार्टर, लाखौं खर्च


0
Shares

‘चोरी गरेका ब्यक्ति पहिचान भएपछि हामीले चोर पक्रन प्रहरीलाई हेलिकोप्टरमा राखेर लग्यौं, अन्ततः उनीहरु पक्राउ परे,’ नाम्चेका स्थानीय लामाकाजी शेर्पाले भने ।

शेर्पाका अनुसार चारीको घटना भनेको गत शुक्रबार रातीको हो । चोरले राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय नाम्चेमा चोरीको प्रयास गरयो । ढोका फुटाएर भित्र पसेपछि सुरक्षा गार्डले थाहा पाए । तत्कालै चोर भाग्यो ।

रातको समयमा बेपत्ता चोर त्यसबेला पत्ता लाग्यो, जब बैंक कर्मचारीले स्थानीयलाई सीसी क्यामेरा फुटेज देखाए । चोरीको असफल प्रयास गर्ने सोलुखुम्बु तिङलाका सूर्य मगर रहेछन् ।

मगरको पहिचान भएपछि उनी कहाँ बस्छन भनी खोजी सुरु भयो । उनी खुम्जुङको दोलेस्थित एक होटलमा काम गर्ने भन्ने जानकारी प्राप्त भयो ।
-राजधानी दैनिकबाट