लिभरपुलले हरायो स्टोक सिटीलाई, चेल्सी शीर्ष स्थानमा कायमै « Image Khabar


लिभरपुलले हरायो स्टोक सिटीलाई, चेल्सी शीर्ष स्थानमा कायमै


Imagekhabar
१३ पुष २०७३, बुधबार ०७:४८

खेलमा लिभरपुललाई विजयी गराउन एडम लालाना, रोबर्टो फर्मीनो र ड्यानिएल स्टरीजले एक–एक गोल गरे । स्टोकका ईम्बुलाले एक आत्माघाति गोल गरेपछि लिभरपुल ४-१ ले विजयी भएको हो ।

जितसँगै लिभरपुल इङलिस प्रिमियर लिग फुटबलको अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

१८ खेलबाट उसको ४० अंक भएको छ । समान खेलबाट ४६ अंक जोडेको चेल्सी शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्