साफ महिला फुटबलः नेपालले आज माल्दिभ्सको सामना गर्ने « Image Khabar


साफ महिला फुटबलः नेपालले आज माल्दिभ्सको सामना गर्ने


Imagekhabar
१३ पुष २०७३, बुधबार १०:०२

पहिलो खेलमा भुटानलाई ८-० ले पराजित गरेको नेपाल आज माल्दिभ्सविरुद्ध पनि सोही लयलाई निरन्तरता दिन चाहन्छ ।

माल्दिभ्सले भने पहिलो खेलमा श्रीलंकालाई ५-२ ले पराजित गरेको थियो । प्रतियोगिताको उपाधि जित्ने लक्ष्यसहित भारत पुगेको नेपाली टोलीले यसपछि समुहको अन्तिम खेलमा श्रीलंकाको सामना गर्नेछ ।

सात राष्ट्र सहभागि प्रतियोगिताको अर्को समुहमा भारत, अफ्गानिस्तान र बंगलादेश रहेका छन् ।

सन् २०१० बाट सुरु भएको साफ महिला च्याम्पियनसिपमा यसअघिका तीन वटै संस्करणको फाइनलमा नेपाललाई भारतले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्