बर्लिन घटनाको रहस्यः चालकलाई चक्कु प्रहारपछि गोली हानी हत्या « Image Khabar


बर्लिन घटनाको रहस्यः चालकलाई चक्कु प्रहारपछि गोली हानी हत्या


Imagekhabar
१३ पुष २०७३, बुधबार १३:०९

चालक लुकास अर्बनको पोष्टमार्टमको रिपोर्टबाट उनको टाउकोमा गोली लागेको प्रमाणित भएको छ ।

बर्लिन घटनाका संदिग्ध अनीस आमरीले पोल्याण्डका चालक लुकास अर्बनमाथि चक्कु प्रहार गर्नुका साथै गोली हानी हत्या गरेपछि भीडभाडमा लरी पठाएको खुलासा भएको हो ।

गत साता बर्लिनको क्रिसमस बजारमा जथाभावी लरी चलाउँदा किनमेलका लागि गएका १२ जनाको ज्यान गएको थियो ।

स्टीलको छड अनलोड गर्ने क्रममा पार्किङमा लरी रहेकै अवस्थामा आईएसका कार्यकर्ता अनीस आमरीले उनीमाथि आक्रमण गरेका थिए । घटनापछि इटलीको मिलान पुगेका उनी प्रहरीको कारबाहीमा मारिएका हुन् । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्