
चालक लुकास अर्बनको पोष्टमार्टमको रिपोर्टबाट उनको टाउकोमा गोली लागेको प्रमाणित भएको छ ।
बर्लिन घटनाका संदिग्ध अनीस आमरीले पोल्याण्डका चालक लुकास अर्बनमाथि चक्कु प्रहार गर्नुका साथै गोली हानी हत्या गरेपछि भीडभाडमा लरी पठाएको खुलासा भएको हो ।
गत साता बर्लिनको क्रिसमस बजारमा जथाभावी लरी चलाउँदा किनमेलका लागि गएका १२ जनाको ज्यान गएको थियो ।
स्टीलको छड अनलोड गर्ने क्रममा पार्किङमा लरी रहेकै अवस्थामा आईएसका कार्यकर्ता अनीस आमरीले उनीमाथि आक्रमण गरेका थिए । घटनापछि इटलीको मिलान पुगेका उनी प्रहरीको कारबाहीमा मारिएका हुन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्