
आर्थिक वर्ष २०७२/७३ मा ३५ हजार ७६८ मेट्रिकटन तरकारी उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय डडेल्धुराले जनाएको छ ।
जसबाट १ अर्ब ९ करोड ४३ लाख ३८ हजार रुपैयाँ किसानले आर्जन गरेको कार्यालयको तथ्यांकले देखाएको छ ।
परम्परागत खेती गर्दै आएका किसान व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित भएपछि तरकारी उत्पादनमा बृद्धि भएको हो ।
यहाँका किसानलाई कृषि विकास कार्यालय, डडेल्धुरा कृषक सहकारी संस्थासहित विभिन्न गैरसरकारी संघ–संस्थाले तरकारी खेतीमा सहयोग गर्दै आएका छन् ।
व्यावसायिक तरकारी खेतीतर्फ किसान आकर्षित भएसँगै डडेल्धुरा तरकारीमा आत्मनिर्भरसमेत बन्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्