सातौं राष्ट्रिय खेलकुदः पुरुष भलिबलमा आर्मी, महिलामा सशस्त्रलाई स्वर्ण « Image Khabar


सातौं राष्ट्रिय खेलकुदः पुरुष भलिबलमा आर्मी, महिलामा सशस्त्रलाई स्वर्ण


Imagekhabar
१३ पुष २०७३, बुधबार १५:३८

बुधबार इटहरीमा भएको महिलातर्फको फाइनलमा सशस्त्र प्रहरीको टिमले मध्यमाञ्चललाई हराउँदै स्वर्णपदक हात पा¥यो ।

मध्यमाञ्चलविरुद्धको खेल सशस्त्रले २५–२२, २५–२१ र २५–२१ को सोझो सेटमा आफ्नो पक्षमा पारेको हो ।

यसैगरी, पुरुषतर्फको फाइनलमा आर्मीले सशस्त्रलाई २५–२१, २५–१५ र २५–१६ को सोझो सेटमा हराउँदै स्वर्णपदक हात पारेको हो ।

यो स्पर्धामा नेपाल पुलिस क्लबले कास्यपदक जितेको छ ।

प्रतिक्रिया दिनुहोस्