
यसदिन नेप्से उतार–चढावबीच साढे पाँच अंकले सच्चिएर १४ सय १३ अंकमा पुग्यो ।
नेप्से बढेर १४ सय २२ बिन्दू पारे गरेपनि कारोबार अन्तिम समयतिर झर्दै ५ अंकलेमात्र सकारात्मक बनेको हो ।
यसदिन कारोबार भएका सबै समूहमा सुधार आयो । होटल समूहमा सबैभन्दा उच्च ३९ अंकको बृद्धि भयो । यस्तै, जलविद्यत् समूह ३१ अंक बराबरले, बीमा समूह ३० अंक बराबरले र वाणिज्य बैंक समूहमा पनि साढे २ अंकको सुधार आयो ।
यसदिन १ सय २८ कम्पनीको १५ लाख ९६ हजार बराबर कित्ता सेयर ४६ करोड ६० लाख रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्