Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


बरिष्ठ साहित्यकार कमलमणी दीक्षितको निधन


0
Shares

केही महिना यता देखि श्वास प्रस्वास रोगबाट ग्रसित भएका दिक्षीतको आज विहान २ः४५ बजे ललितपुरमा निधन भएको हो मदन पुरस्कार पुस्तकालयले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।

६ दर्जनभन्दा बढी पुस्तकको लेखन तथा सम्पादन गरेका दिक्षीत दुईहजार भन्दा बढी फुटकर रचनाहरु छन् ।

लेखनको सुरुका बर्षमा अनुसन्धानमुलक लेख तथा पुस्तकका कारण चर्चित उनी पछिल्लो समयमा नियात्रा, निबन्ध, संस्मरण, निबन्ध लेखनमा सक्रिय थिए ।

दीक्षितको सक्रियतामा नेपाली भाषा तथा साहित्यसँग सम्बन्धित सामाग्रीहरुको अभिलेख राख्ने उदेश्यले २०१२ सालमा मदन पुरस्कार पुस्तकालय तथा मदन पुरस्कार गुठीको स्थापना गरिएको थियो ।

उनी मदन मेमोरियल स्कुल, साझा प्रकाशन, गोरखापत्र संस्थान, रोटरी क्लब, जनक–जानकी सभा, बीपी कोइराला संग्रहालय समिति, बीपी कोइराला नेपाल–भारत प्रतिष्ठान आदि जस्ता दर्जनौं भाषिक, साहित्यिक, सांस्कृतिक संस्थाहरूमा सक्रिय थिए।

दीक्षितको आजै विहान ७ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि हुनेछ । दीक्षितका दुई छोरा कुन्द दीक्षित र कनकमणि दीक्षित र छोरी रुपा जोशी छन् ।