
पहिलो खेलमा भुटानलाई हराएको नेपालले बुधबार भएको दोस्रो खेलमा माल्दिभ्समाथि ९-० को जित निकाल्यो ।
पहिलो खेलमा ६ गोल गरेकी साबित्रा भण्डारीले माल्दिभ्सविरुद्ध ५ गोल गरिन् । बुधबारका खेलमा मञ्जलीकुमारी योञ्जन, सपना लामा, हिराकुमारी भुजेल र निर्मला बिकेले पनि एक–एक गोल थपे ।
यो जितसँगै नेपालले सेमिफाइनल पुग्ने संभावना बलियो पारेको छ । दुई खेलबाट उसको ६ अंक भएको छ । ३-३ अंक जोडेका माल्दिभ्स र श्रीलंका पनि सेमिफाईनलमा होडमा जिवित छन् ।
नेपालले समुहको अन्तिम खेलमा शुक्रबार श्रीलंकासँग खेल्नेछ । शुक्रबार नै भुटान र माल्दिभ्स भिड्नेछन् । यी दुई खेलको परिणामपछि समूहबाट सेमिफाइनल पुग्ने दुई टोलीको टुंगो लाग्नेछ ।
प्रतिक्रिया दिनुहोस्