अन्तर्राष्ट्रिय फाल्गुनन्द गोल्डकपको तयारी भब्य « Image Khabar


अन्तर्राष्ट्रिय फाल्गुनन्द गोल्डकपको तयारी भब्य


Imagekhabar
१४ पुष २०७३, बिहीबार १३:१८

पाँचथरको फिदिममा शुक्रबारदेखि हुने प्रतियोगिताका लागि खेल मैदानमा बाँसको प्याराफिटसमेत बनाएर अन्तिम चरणको तयारी भइरहेको आयोजक फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष किरण श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिताको पुरस्कार राशीसमेत वृद्धि गरिएको छ । अघिल्लो संस्करणसम्म विजेताले एक लाख रुपैयाँ पाउने गरेको भए पनि यस वर्षदेखि २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।

पुस २३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका ए डिभिजन क्लबसहित भुटान, सिक्किम, दार्जिलिङका १० टोली सहभागी हुने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्