१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


काठमाडौंमा विहीबार बिहान किन गयो बत्ती ? यस्तो छ कारण


0
Shares

                                                                               फाइल फोटो
प्राधिकरणले कुलेखानी–स्युचाटार प्रसारणलाइनमार्फत् विद्युत् उपलब्ध गराएर विद्युत् नियमित गरेको जनाएको छ ।

विहीबार बिहान ७ः२० बजे एकाएक मर्स्याङ्दी–स्युचाटार प्रसारणलाइनको जम्पर तार टुट्न गइ राजधानीमा साढे दुई घन्टा विद्युत् अवरुद्ध हुन पुगेको थियो ।

प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार प्राविधिक टोली तार टुटेको स्थानमा पुगी मर्मतकार्य अगाडि बढाइसकेको छ ।

वैकल्पिक उपायकारुपमा कुलेखानीको सप्लाइ युनिटबाट विद्युत्सेवा सन्चालन गरिएको उनले जानकारी दिए । रासस