
चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता वरिष्ठ कर्णेल याङ यूचुनले विहीबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनकाक्रममा यस्तो जानकारी दिएका हुन् ।
सन् २०१७ को सुरुतिरै नेपालसँग संयुक्त सैन्य अभ्यास हुने जानकारी पनि कर्णेल याङले दिएको चिनियाँ दैनिक ‘पिपुल्स डेली’ले विहीबार ट्वीटमार्फत् उल्लेख गरेको छ ।
चिनियाँ रक्षा प्रवक्ता याङले संयुक्त सैन्य अभ्यासबारे नेपालसँग छलफल चलिरहेको र विस्तृत्रुपमा आउने बताएको पनि सो डेलीले उल्लेख गरेको छ ।
नेपाली सेनाले अहिलेसम्म भारत र अमेरिका सेनासँगमात्रै संयुक्त सैन्य अभ्यास गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्