
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन पनि स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले उकालो लागेर तोलाको ५२ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्य बुधबार पनि तोलामा ४ सय रुपैयाँले बढेर तोलाको ५२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
विहीबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर तोलाको ७ सय ६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा बिहीबार साँझसम्म सुन प्रतिऔंस ११ सय ४७ डलर हाराहारीमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्