
नेपाल–बेलायतबीच २००औं वर्ष मैत्रीसम्बन्ध स्थापना भएको उपलक्ष्यमा हुलाक सेवा विभागले १० रुपैयाँ अंकित हुलाक टिकट प्रकाशन गरेको हो ।
विहीबार नेपाल ब्रिटेन चेम्बर अफ कमर्सले राजधानीमा गरेको कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनको उपस्थितिमा सन्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले हुलाक टिकटमा प्रथम टाँचा लगाए ।
सो अवसरमा नेपाल ब्रिटेन चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्रकुमार खेतानले बेलायतबाट लगानी तथा अन्य क्षेत्रमा प्रचुर सम्भावना भएपनि नेपालले लाभ लिन नसकिएको बताए ।
कार्यक्रममा उपराष्ट्रपति पुनले विभिन्न संघसंस्थालाई सम्मानित गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्