२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता आज सकिने, आर्मीको अग्रता कायमै


0
Shares

सुनसरीको धरानमा आज हुने विशेष कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतियोगिताको समापन गर्ने कार्यक्रम छ ।

प्रतियोगिताको समापन अघि आज विभिन्न टिम गेम्सका फाइनल खेल हुनेछन् ।

राष्ट्रिय खेलकुद सकिन १ दिन बाँकी रहँदा २ सय ५० स्वर्णसमेत कुल ८ सय ८० पदकको टुंगो लागिसकेको छ ।

पदक तालिकामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले १ सय ८ स्वर्णसहित आफ्नो अग्रता जारी राखेको छ ।

आर्मीलाई अन्य दुई विभागीय टोली एपीएफले ४६ स्वर्ण र नेपाल पुलिसले ४० स्वर्ण जितेर पछ्याइरहेको छ ।

गैरविभागिय टोलीतर्फ सर्वाधिक ३१ स्वर्ण जितेको मध्यमाञ्चल समग्र पदक तालिकामा चौथो स्थानमा रहेको छ ।