विराटनगरमा १४ करोड बढीको लागतमा दुई तले बसपार्क बन्ने « Image Khabar


विराटनगरमा १४ करोड बढीको लागतमा दुई तले बसपार्क बन्ने


Imagekhabar
१५ पुष २०७३, शुक्रबार ०९:१३

विराटनगर–१५ स्थित साविकको बसपार्कलाई व्यवस्थित गर्न १४ करोड ११ लाख ५५ हजार रुपैयाँ लागतमा करिब डेढ बिघा क्षेत्रफलमा फैलिने आधुनिक बसपार्क निर्माण कार्य अघि बढाइएको हो ।

विराटनगर उपमहानगरपालिकाले नगर विकास कोषसँग ऋण लिएर बसपार्क निर्माणको काम सुरु गरेको हो ।

कोषको ९० प्रतिशत लगानी रहने बसपार्कमा सरकारको साढे ७ प्रतिशत र उपमहानगरपालिकाको साढे २ प्रतिशत लगानी छ ।

प्रतिक्रिया दिनुहोस्